कर्णाली प्रदेश सरकार
उधोग,पर्यटन, वन तथा वातावरण मन्त्रालय
वन तथा वातावरण निर्देशनालय
डिभिजन वन कार्यालय,जुम्ला
कर्णाली प्रदेश
परिचय

वि.स. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार देशभर ५ वटा क्षेत्रिय वन निर्देशनालय तथा ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयको रुपमा स्थापना गर्ने नीति अनुसार जुम्ला जिल्लामा जिल्ला वन कार्यालय,जुम्लाको स्थापन गरियो . बि .स. २०५० सालमा वन विभागको पुनर्गमन अनुरुप जुम्ला जिल्लामा रा.प.तृतीय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेन्ज पोस्ट रहने गरी संगठन निर्माण गरियो . “वन क्षेत्रको लोकतािन्त्रकरण,सुशासन एवं दिगो विकास कार्यदल” को प्रतिवेदन,व्यवस्थापिका-संसदको प्राकृतिक श्रोत र साधन समितिबाट प्राप्त विभिन्न विषयहरुमा साविकको वन तथा भू-संरक्षण मन्त्रालयलाई दिईएको निर्देशन, प्राकृतिक श्रोत साधन समितिको निर्देशनमा गठित उच्चरस्तरीय आयोग, २०६७ के समेत वन संगठनमा विद्धमान समस्या तथा कमजोरीहरुको सुधारका लागि वन प्रशासनको सांगठनिक तथा व्यवस्थापकिय पुनसंरचनाको आवश्यकता महसुश भई निजामति सेवा ऐन २०४७ को दोश्रो संसोधन अध्यादेश २०६९ को दफा २४ घ १ बमोजिम वढुवा भएका कर्मचारीहरुको समायोजन तथा पदस्थापन गरी आ.व. २०७०/७१ बाट लागु हुने गरी वन विभागकोकेन्द्रीय संगठन तथा मातहतका जिल्ला वन कार्यालयहरुको संगठन संरचनामा फेरबदल गरी मिति २०७०/४/२८ देखि लागु हुने गरी जिल्ला वन कार्यालयहरुको संगठनिक स्वरुपमा फेरबदल गरी रा.प.द्रितिय श्रेणीको जिल्ला वन अधिकृतको नेतृत्वमा ८ वटा रेञ्जपोस्टलाई इलाका वन कार्यालयमा रुपान्तरण गरी उक्ता कार्यालयहरुमा रा.प.तृ.श्रेणीको सहायक वन अधिकृतको दरबन्दी सृजना गरी नयाँ संगठनिक स्वरुपको थालनी गरियो |


 उदेश्य
  • डिभिजन वन कार्यालय अन्तर्गतको समग्र वन क्षेत्रको संरक्षण ,विकास र सदुपयोग सम्बन्धी एन ,नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वन गर्ने .
  • वन विकास सम्बन्धी डिभिजनस्तरीय योजना तर्जुमा एव कार्यान्वन गर्ने .
  • निजि वन र कृषि वन वाली विकास एव व्यवस्था गर्न सरोकारहरुलाई आवश्यक प्राबिधिक सुझाव सल्ला दिने .
  • सार्बसाधारण लागि वन सम्पदा सम्बन्ध जानकारी उपलब्ध गराउने .
  • प्रचलित नीति एव कानुन वमोजिम यस डिभिजन वन कार्यालयको कार्यक्षेत्र अन्तर्गतको वनको समुदायमा आधारित वन व्येवास्थापन प्रणालीको माध्यमद्वारा दिगो व्यवस्थापन गर्ने गराउने .
  • काष्ठ एब गैरकाष्ठ वन पैदावारहरुको विक्षरोपण तथा खेती विस्तार प्रबर्द्वन गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने |
  • जैविक विविधता एवं वातावरण संरक्षणको भुक्षय नियनत्रण कार्यमा समेत सहयोग तथा समन्वय गर्ने |
  • वनको संरक्षण, विकास र सदुपयोगद्वारा वनपैदावारको आपूर्ति गरी स्थानीय, प्रादेशिक तथा राष्ट्रिय आर्थिक विकासमा सहयोग गर्ने|
  • जिल्ला / डिभिजनस्तरीय सरकारी र गैरसरकरी संघसंस्था, स्थानीय निकायहरु तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने |
  • वन संरक्षण, विकास र सदुपयोग कार्यद्वारा रोजगारीका अवसर उपलब्ध गराउने |
  • वनक्षेत्रको सुशासन कायम गर्ने|

  •  लक्ष्य

    डिभिजन वन कार्यालय अन्तर्गतको समग्र वन क्षेत्रको संरक्षण ,विकास र सदुपयोग सम्बन्धी एन ,नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वन गर्ने | वन विकास सम्बन्धी डिभिजनस्तरीय योजना तर्जुमा एव कार्यान्वन गर्ने .